अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसको अघिल्लो दिनमात्रै ह्वाइट हाउसका एक सदस्यको पनि परीक्षण पेजेटिभ आएको थियो । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् । शुक्रबार यसबारे जानकारी दिइएको हो । बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी कोरोनाभाइरसद्वारा संक्रमित थिए । ह्वाइट हाउसले अब दैनिक रुपमा माइक पेन्स र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोरोना परीक्षण गर्न सुरु गरेको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि आवश्यक सावधानी पालना गरेको दाबी गरेको छ । अमेरिकामा मृतकको संख्या ७६ हजार पार भएको छ । अर्कोतर्फ अमेरिकाका विभिन्न राज्य क्रमशः खुल्ला हुन थालेका छन् । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!