संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरस महामारीले संसारभरी परिवर्तन भइरहेको सामाजिक स्थितीमाथि एक सन्देश दिएका छन् । उनले ‘यो महामारीले हरेक स्थानमा ‘घृणाको सुनामी’ फैलाएको बताएका छन् ।

– कुनै देशको नाम नलिइकनै उनले ‘उक्त घृणालाई समाप्त गर्नका लागि हरेक देशले हर सम्भव प्रयास गर्नुपर्ने’ उनले भने ।

– उनका अनुसार संसारभरीका प्रवासी र शरणार्थीहरु थप प्रभावित भएका छन् । उनीहरुलाई कोरोनाभाइरसको स्रोत मानिएको छ र विभिन्न स्थानमा उनीहरुलाई उपचारबाट पनि वञ्चित गरिएको छ ।

उनले भने, ‘पत्रकार, स्वास्थ्यकर्मी, राहत पुर्याउने र मानवाधिकार कार्यकर्तालाई उनीहरुको कामका लागि निशाना बनाइँदैछ ।’

– संयुक्त राष्ट्र प्रमुखले मिडिया, विशेषगरी अनलाइन मिडियालाई ‘जातीवादी, दुर्भावनापूर्ण र हानिकारक सामग्री’ लाई हटाउन आह्वान गरेको छन् ।

– साथै, उनले शिक्षण संस्थालाई यतिबेला डिजिटल साक्षारतामाथि ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!