बीबीसी अरबी सेवाको अनुसन्धानमा मध्यपूर्वमा कोरोनाभाइरस फैलाउनुमा एक इरानी एयरलाइन्सले कसरी महत्वपूर्ण भूमिका निभायो भन्नेबारे पत्ता लागेको छ ।
फ्लाइट ट्र्याकिङ डाटा र ओपन सोर्स भिडियोको विश्लेषणपछि बीबीसीले कोभिड–१९ बाट संक्रमित केही यात्रीलाई लिएर महान एयरलाइन इरानबाट इराक र लेबनन गएको निष्कर्ष निकालेको छ ।
सरकारले प्रतिबन्ध लगाएपनि इरानको सबैभन्दा ठूलो र नीजि रुपमा सञ्चालित एयरलाइनले आफ्नो उडान जारी राख्यो ।
एयरलाइनसँग जोडिएका स्रोतले बीबीसीसँगको कुराकानीमा क्याबिन क्रुका दर्जनौं सदस्यलाई कोभिड–१९ को लक्षण देखिएको थियो । कर्मचारीले आफ्नो सुरक्षा प्रक्रियामा भएको कमीका कारण आफूहरु कोरोनाभाइरस फैलाउने कारण बनिरहेको एयरलाइन्सलाई बताएपछि कम्पनीले उनीहरुलाई चुप गराएको पत्ता लागेको छ ।
३१ जनवरीदेखि २० अप्रिलसम्म इरानी प्रशासनले महान एयरलाई इरानबाट चार चिनियाँ शहरबीच १५७ उडान भर्न अनुमती दियो । यो सरकारी नियमको उल्लंघन थियो । मद्दत र इरानी नागरिकलाई निकाल्नका लागि १० अन्य उडान पनि भरिएको बीबीसीले आफ्नो अनुन्धानमा पत्ता लगाएको छ ।
स्रोतः बीबीसी