मंगलबार, बैशाख २३, २०७७ || 1003  पटक पढिएको

अहिले विश्व आतंकित भईरहेको छ कोरोनाका कारण । विश्व नै अहिले पिडामा छ । कोरोना भाइरस (कोभिड-१९)ले त्रास फैलाएको छ जताततै । त्यही पिडामा हाम्रो देश र हामी छौ । यसको नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले गरेको ‘लकडाउन’को ४३औं दिनमा छौ हामीहरु । ‘लकडाउन’का कारण विभिन्न समस्या निम्ताएको छ । ‘लकडाउन’का कारण समस्या परेको व्यक्तिहरुलाई केही मनकारी व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् ।

यस्तैमा गायिका धनकुमारी थापा ‘सरु’ले पनि आफ्ना सहयोगी हात अगाडि बढाएकी छन् । समय समयमा विभिन्न व्यक्तिलाई सहयोग गर्दै आएकी लोकदोहोरी गायिका धनकुमारी थापा ‘सरु’ले सोमबार मानव सेवा आश्रमका सयौ बृद्धबृदाहरुलाई भोजन गराएकी छन् । उनले असहाय, बालबालिका तथा बृद्धहरु लाई भोजन गराएकी हुन् ।

भक्तपुर क्यान्सर अस्पताल, सुर्यविनायक, ठिमी लगायतका ठाउँमा विचलित अवस्थामा रहेका असहाय एवम् पिडितलाई सहयोग गरेको उनले बताइन । विगत २८ दिनदेखी आर्थिक समस्यामा रहेका र खानाबाट बञ्चित भएका ब्यक्तिहरुलाई मानव सेवा आश्रमले भोजन उपलब्ध गराउदै आएको छ ।

‘लकडाउन’को समयमा समस्यामा परेका ब्याक्तिहरुलाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको गायिका सरुले बताइन । उनले बाँचुन्जेल जीवनमा राम्रो काम गदैँ, समाज परिवर्तनको लागि आफु निरन्तर लाग्नेसमेत बताइन । ‘मलाई मानविय सेवा गर्नको लागि सहजिकरण गरेको मानव सेवा आश्रम परिवारलाई हृदयदेखी नै आभार ब्यक्त गर्दछु’, उनले भनिन् ‘आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!