
मुम्बईका पूर्व पुलिस कमिश्नर राकेश मारियाले गुलशन कुमार हत्याकाण्डबारे लेखिएको आफ्नो किताब ‘लेट मी से इट नाउ’ मा क्राइम ब्रान्चलाई गुलशन कुमारको हत्याको योजनाबारे पूर्व जानकारी भएको बताएका छन् ।

राकेश मारियाले आफ्नो किताबमा लेखे अनुसार २२ अप्रिल सन् १९९७ मा उनलाई एउटा फोन आयो जसमा गुलशन कुमारको हत्याको योजना बनाइएको जानकारी दिइएको थियो । कसले बनाएको छ हत्याको योजना भनेर सोध्दा फोन गर्ने व्यक्तिले भनेका थिए, ‘अबू सुलेम र उनलाई शिव मन्दिर जाने बेला नै हत्या गरिने योजना छ ।’
गुलशन कुमारको आज जन्म जयन्ती हो । आजकै दिन उनको जन्म एक पंजाबी परिवारमा भएको थियो । उनको पिताको जुसको पसल थियो । तर गुलशन कुमार यति ठूला व्यक्तित्व बने कि उनलाई अन्डरवर्ल्ड डनले पिछा नै गरे । आउनुहोस्, आज उनको जन्मजयन्तीको मौकामा उनीबारे केही जानकारी लिऔं ।
अत्यधिक सफल तर अत्यन्त पीडादायी अन्त्यः
क्यासेट किङको नामबाट चर्चित टी सिरिज कम्पनीका मालिक गुलशन कुमारको कहानी कुनै फिल्मको भन्दा कम छैन । गुलशन कुमारको संगीत वा व्यापारसँग कुनै सरोकार थिएन । कुनै बेला उनी आफ्नो बुवासँग दिल्लीको दरियागंजमा जूस पसल चलाउँथे । उनको भाग्य एकाएक फेरियो जसका कारण उनी जूस बेच्ने व्यापारीबाट क्यासेट किङ बने । ८० को दशकमा उनले टी सिरिजको स्थापना गरे र ९० को दशकसम्म उनी क्यासेट किङको नामबाट चर्चित भइसकेका थिए । टि सिरिज करोडौंको कम्पनी बनिसकेको थियो ।
वैष्णोदेवीको भक्तको मन्दिर बाहिर भयो हत्याः
गुलशन कुमार वैष्णो देवीका भक्त थिए । वैष्णो देवीमा उनको गहिरो आस्था थियो । उनले वैष्णो देवीमा आउने भक्तजनहरुको सुविधाका लागि धेरै नै काम गराए । साथै उनी हरेक दिन पश्चिमी मुम्बईको अंधेरी इलाकामा जीतनगरको जीतेश्वर महादेव मन्दिर जाने गर्दथे । १२ अगस्ट सन् १९९७ को बिहान करिब ८ बजे गुलशन कुमार पूजा गर्न मन्दिर पुगेका थिए ।
हत्या हुने दिन बिहान गुलशन कुमारले बिहान ७ बजे एक निर्मातालाई फोन गरेका थिए । उनले एक गायक र साथीलाई भटेपछि मन्दिर जाने र त्यसपछि ती निर्मातालाई भेट्न आउने जानकारी दिए । गुलशन कुमारको यो फोनको तीन घण्टापछि जितेश्वर मन्दिर बाहिर उनको गोली हानी हत्या गरिएको भन्ने खबर फैलियो । उनको हत्याको खबरले सनसनी फैलियो ।
लाग्यो १६ वटा गोलीः
गुलशन कुमारलाई १६ वटा गोली लागेको थियो । करिब साढे १० बजेको समय होला । गुलशन कुमार मन्दिरमा पूजा गरेर बाहिर निस्किएका थिए । त्यतिबेला उनले आफ्नो पिठ्युँमा बन्दुकको नाल महसुस गरे । उनले आफू अघिल्तिर उभिएको व्यक्तिको हातमा बन्दुक देखे । उनले सोधे, ‘यो के भइरहेको छ ?’ जवाफ आयो, ‘धेरै भयो पूजा पाठ । अब माथि गएर गर्नु ।’ त्यसलगत्तै उनमाथि गोली बर्साइयो ।
उनीमाथि १६ राउन्ड फायरिङ गरियो । उनको गर्धन र पिठ्युँमा १६ वटा गोली लागेको थियो । बच्नका लागि उनले वरिपरिको घरको ढोका ढक्कढकाए तर कसैले पनि ढोका खोलेनन् । त्यतिबेला गुलशन कुमारसँग उनका ड्राइभरमात्रै थिए । ड्राइभरले आफ्नो मालिकलाई बचाउनका लागि हत्यारामाथि कलश फ्याँक्न सुरु गरे तर उनीहरु रोकिएनन् । उनीहरुले ड्राइभरको खुट्टामा पनि गोली हाने ।
गुलशन कुमारको हत्या हुनुमा कहाँ भयो गल्ती ?
गुलशन कुमारलाई सुरक्षा उपलब्ध गराइएको थियो । तर उनाई मुम्बई पुलिसको साटो युपी पुलिसको सुरक्षा प्रदान गरिएको थियो । जुन दिन गुलशन कुमारको हत्या भयो, त्यसदिन उनका अंगरक्षक पनि बिरामी थिए तसर्थ उनीसँग जान सकेनन् । मारियाले आफ्नो किताबमा लेखे अनुसार क्राइम ब्रान्चले उनलाई सुरक्षा उपलब्ध गराएको थियो तर जब युपी पुलिसले उनलाई कमान्डो सिक्योरिटी उपलब्ध गरायो तब मुम्बई क्राइम ब्रान्चले आफ्नो सुरक्षा फिर्ता लियो ।
कसले गरेको थियो गुलशन कुमारको हत्या ?
गुलशन कुमारको हत्यामा अन्डरवर्ल्ड डन दाउद इब्राहिम र अबू सलेमको नाम दिइन्छ । दाउदले गुलशनसँग १० करोड माग गरेको बताइन्छ । गुलशनले उक्त रकम दिन अस्विकार गर्दै पैसा दाउदको साटो वैष्णो देवीमा भण्डार गर्ने बताएका थिए । त्यसपछि नै उनको हत्या गरिएको बताइन्छ ।
स्रोतः न्यूज18