बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ ।यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।

रणधीर कपुरले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र सास फर्न समस्या छ । हाल उनको स्थिती स्थिर छ ।’

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

सोसल मिडियामा अत्यधिक सक्रिय रहने ऋषि कपुरले दुई अप्रिलपछि ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो पोस्टमा उनले दीपिका पादुकोणसँग आउन लागेको फिल्मबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!