साउदी अरबमा अब बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा साउदी अरबले हस्ताक्षर गरेको छ । उक्त सम्मेलनका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्ड दिइनुहुन्नँ ।

मानवाधिकार कार्यकर्ताका अनुसार मानवाधिकार हननको मामलामा साउदी अरब संसारको सबैभन्दा खराब मुलुकमध्येको एक हो ।

यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई नराम्रोसँग दबाइन्छ र सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गरिन्छ ।

मानवाधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय दिइयो । समूहका अनुसार तीमध्ये एक व्यक्ति यस्ता पनि थिए जो फाँसी दिने बेलासम्म वयस्क थिएनन् । एजेन्सी

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!