दिल्लीको पंजाबी बाग नजिकैको मादीपुरमा शनिबार बिहान प्रहरीले एक व्यक्तिलाई श्रीमतीको हत्याको आरोपमा पक्राउ गरेका छन् ।

मादीपुर दिल्लीका ती ९२ जोनमा समावेश छ जसलाई कन्टेनमेन्ट जोन घोषित गरिएको छ ।

साथै, दिल्लीको कोभिड–१९ कन्टेनमेन्ट जोनमा हत्याको यो पहिलो घटना हो । संदिग्धले पुलिसलाई फोन गरेर आफूले श्रीमतीको हत्या गरेको बताएपछि पुलिस उनलाई पक्राउ गर्न सील गरिएको स्थान पुगेको हो ।

पुलिस अधिकारीले घटना कन्टेनमेन्ट जोनमा भएका कारण मापदण्ड पालना गरिएको जानकारी दिए ।

एक प्रहरी अधिकारीले भने, ‘यो घटनामा थुप्रै कुरा पहिलो पटक भएको थियो । साधारणतया हाम्रा अधिकारी तत्काल् घटनास्थल पुग्छन् तर यसपटक हामीले संदिग्धलाई जोनबाट बाहिर निस्कन लगायौं । उनको प्रतिक्षा गर्यौं । त्यसपछि पक्राउ गरेर आइसोलेशनमा पठायौं ।’

प्रहरी अधिकारीका अनुसार क्राइम सीनलाई क्लियर गर्नका लागि ८ घण्टाको समय लागेको थियो । घरसम्म जाने सडक स्यानिटाइज गरियो र अनुसन्धान अधिकारीले पीपीआई किटका लागि प्रतिक्षा गरे, त्यसपछि मात्रै कोठाको अनुसन्धान गरिएको हो ।

एक फरेन्सिक टीमलाई घटनास्थलमा नै बोलाइयो । वरिष्ठ प्रहरी अधिकारीका अनुसार महिलाको कोभिड–१९ का कारण मृत्यु भएको थिएन तरपनि उनको शवलाई थुप्रै पत्रमा बेह्रिएको थियो ।

प्रहरीका अनुसार संदिग्ध राहिसुल आजमले प्रहरीलाई बिहान ३ बजेर ५६ मिनेटमा फोन गरेर आफूले घरायसी कुराले वादविवाद हुँदा श्रीमतीको हत्या गरेको बताए । महिलाको घटनास्थलमा नै मृत्यु भएको अनुमान गरिएको छ ।

प्रहरी अधिकारीले भने, ‘आजमले उनी जुत्ता व्यापरी भएको हामीलाई बताए । उनको तीन वर्षअघि विवाह भएको रहेछ । आजम र उनकी श्रीमती दुबैको यो दोस्रो विवाह हो । आजमको पहिलो विवाहबाट तीन सन्तान छन्, जबकी महिलाका ६ सन्तान छन् । शनिबार झगडा हुँदा उनले श्रीमतीलाई लट्ठीले हिर्काउँदा उनी बेहोस भइछिन् । यसो छामछुम पार्दा उनको मृत्यु भइसकेको आजमले बताए ।’

स्रोतः हिन्दुस्तान टाइम्सबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!