कोरोनाभाइरस अर्थात कोभिड–१९ को उपचारमा संलग्न डाक्टरहरुले खुट्टाका औंलाका टुप्पामा कलेजी वा निलो दाग देखिएमा कोरोना परीक्षण गराउनुपर्ने हुनसक्ने जनाएका छन् ।

समाचारअनुसार अन्य लक्षण नदेखिएका केही बिरामीमा खुट्टाका औंलामा कलेजी र निलो दाग देखिएको पाइएको छ । प्रायः अति चिसो वा सामान्य चोटका कारण रगत जम्दा पनि यस्तै दाग देखिन्छ ।
‘कोभिड टोज’ नाम दिइएको यस अवस्थालाई वैध ठहर गर्नका लागि अहिलेसम्म कुनै ठोस अध्ययन भने भएको छैन ।

‘प्राय छुँदा दुख्छ र पोलेजस्तो पनि हुनसक्छ,’ पेन्सिलभेनिया विश्वविद्यालयअन्तर्गत स्कुल अफ मेडिसिनका सरुवारोग प्रमुख डाक्टर इब्बिङ लाउटेनवाचले युएसए टुडेसँग भनेका छन् ।

लाउटेवाचले ‘कोभीड टोज’ अधिकांशत बच्चा र युवामा देखिनसक्ने उनले बताए । यस्तो अवस्था देखिएका बिरामीमा कुनै लक्षण नदेखिने र सुरुवाती चरणमा भाइरसको परीक्षण गराउँदा समेत नतिजा नेगेटिभ आउने हुनसक्ने उनले बताए ।

मासाचुसेट्स जनरल अस्पतालस्थित इमर्जेन्सी विभागका क्रिटिकल केयर प्रमुख सुसन विल्कोक्सका अनुसार एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) भएका बिरामीमा सामान्य मानिने ‘कोभिड टोज’ गम्भीर अवस्थाका कोभिड–१९ संक्रमितमा पनि देखिएको छ ।

लाउटेनवाचका अनुसार ‘कोभिड टोज’ का दुई सम्भावित कारण छन् । ‘एउटा, मानिसको खुट्टा वा खुट्टाका औंलामा संक्रमण सक्रिय रहदाँ त्यहाँ प्रतिक्रिया देखिएको हुनसक्छ । वा रगत जमेको हुनसक्छ । यसबारे थप अनुसन्धान गर्नुपर्ने हुनसक्छ,’ लाउटेनवाचले भने ।

विभिन्न फ्लु र निमोनियाका बिरामीमा समेत औलामा कलेज वा निलो घेरा देखिने गरेको विल्कोक्सले बताए । ‘कोभिड–टोज’ बारे अहिलेसम्म ठोस अनुसन्धान भइनसकेको विज्ञहरुको चेतावनी छ । त्यसैले अहिल्यै दिइने जानकारी र प्रमाण विश्वसनीय हुन नसक्ने उनीहरुले जनाएका छन् ।

कोरानाका आमलक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको सामान्य लक्षणमा ज्वरो, थकान, सुख्खा खोकी, रुघाखोकी, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्ने, झाडापखाला छन् ।
केही व्यक्तिले दुखाई समेत महसुस गर्ने गरेका छन् । केही व्यक्तिमा संक्रमण भएको ५ देखि ६ दिनभित्र, केहीमा १४ दिनभित्र वा केही संक्रमितमा लक्षण नै नदेखिने पनि हुन्छ । विश्व स्वास्थ्य संगठनले ज्वरो, खोकी वा स्वासप्रश्वासमा समस्या देखिएमा परीक्षण र उपचार गर्न सिफारिस गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!