बिहिबार, पौष ०३, २०७६ || 1443  पटक पढिएको
हिपमत डटकम
उदयपुर, पौष ०३ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको SK01PB 3068 नम्बरकोको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका-३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष-६१ को  टिक नारायण श्रेष्ठ,  बर्ष ४७ को ढक बहादुर मगर , बर्ष ४७ को मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । साथै मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पूर्‍याउनासाथ डाक्टरले  मृत घोषणा गरेका थिए । त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किम बस्ने बर्ष २८ को पवन राईलाई उपचारकोलागी नोवेल अस्पताल विराटनगर ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!