नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ ।स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो । एनएचआरसीका कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार सङ्क्रमणको सफल उपचार भएकाहरूको प्लाज्मामार्फत सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ ।

¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर)को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरूको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको छ ।

यस्तै कोभिड–१९ को विषयमा नागरिकको ज्ञान, कोरोना भ्याक्सिन निर्माणको सम्भावना, कोरोना उपचारको सन्दर्भ, आयुर्वे्दिक औषधि र नेपालमा पाइने बहुमूल्य वनस्पतिको अध्ययन र सेनिटाइजेसन टनेलले मानव स्वास्थ्यमा पार्ने प्रभावजस्ता विषयमा समेत परिषद्ले अनुसन्धानकर्तासँग मिलेर अध्ययन थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!