एक पाकिस्तानी न्यूज च्यानल बलिउड अभिनेता आमिर खानलाई हत्याका आरोपी बताएपछि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएको छ ।

उक्त न्यूज च्यानलले बलिउड अभिनेता आमिर खानको तस्बिर हत्याकाण्डका आरोपी एमक्यूएम नेता अमीर खानको सट्टामा प्रयोग गरेको थियो ।

हत्याकाण्डका आरोपी नेता अमीर खानको ठाउँमा बलिउड अभिनेता आमिर खानको तस्बिर हटाएर भुलसुधार गरिसकेपनि उक्त साचार अझै सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।

बलिउड अभिनेता आमिर खानको तस्बिर भएको सामाचार अझै सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।

पाकिस्तानकी एक पत्रकार नायला इनायतले च्यानलले प्रशारण गरेको स्क्रीनसट सेयर गर्दै लेखेकी छिन्, ‘हेडलाइनः १७ वर्षपछि आरोपी एमक्यूएम नेता आमिर खान । के भारतीय अभिनेता आमिर खान पछिल्लो १७ वर्षदेखि पाकिस्तानमा थिए ? यसमाथि बिचार गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!