सोमबार, बैशाख ०८, २०७७ || 614  पटक पढिएको

तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पु¥याउने गरिएको छ । नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पु¥याउन शुरु गरेको परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि बाहिरी जिल्लाको तरकारी भित्रिन नदिने निर्णय नगरपालिका, कोरोना संक्रमण रोकथाम एवं व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले गरेको हो । परिषद्ले बारीमा कुहिएर जानबाट जोगाएर तरकारी अभाव झेलेका उपभोक्तासामु तरकारी पु¥याउन लागेकामा खुशी भएर सहकारीको गाडी नै उपलब्ध गराएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज न्यौपानेले बताउनुभयो । बन्दाबन्दीमा तरकारी उत्पादनको मुख्य क्षेत्रका रुपमा परिचित तानसेनका अर्गली, मदनपोखरा र बौघापोखराथोकमा तरकारी बारीमै कुहिन्छ कि भन्ने चिन्ता लागेकामा अब नगरपालिकाले उपभोक्तासम्म पु¥याइदिने भएकाले खुशी लागेको सहकारी संस्थाका अध्यक्ष तथा कृषक न्यौपाने बताउनुुहुन्छ । उपभोक्ताले तरकारी खान नपाउने र कृषकका बारीमा तरकारी कुहिएर जाने अवस्था आउन नदिन कृषकको मूल्यअनुसार आफूहरुले बजारसम्म लैजाने समितिका महासचिव धनु घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!