कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो लकडाउन पछि घर हिँडेका मजदुरलाई सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ कटारी चौकका व्यपारीहरुद्धारा पैदल हिँडेका मजदुरलाई चाउँचाउँ,बिस्कुट र पानी वितरण गरिएको छ ।
दैनिक जिवन यापनको लागी देशका विभिन्न भागमा पुगेका निर्धा, निमुखा, निरक्षर, नागरिक श्रमिक काम गर्ने ठाउँमा राहत र वस्ने उचित व्यवस्था सरकारले नदिएकोले भोक भोकै बाटोमा हिडिरहेका छन । लगभग सैयौं किलोमिटर भोक भोकै यात्रा गरिरहेका छन् । मजदुरहरूको गाँस, बाँस र यात्राको उचित व्यवस्थापन नभएकोले बाध्य भएर हिड्नु परेको बाटो हिडने यात्रुहरुले बताए ।
‘सुरुमा भरत महासेठ, एकलाख हुसेन, बिकरू यादवले चाउँचाउँ,बिस्कुट र पानी वितरण गरे, पछि मिर्चैया नगरपालिका वडा नं.६का व्यवसायीहरुको पनि साथ र सहयोग पाइरहेको छु’ रामनगर मिर्चैया उधोग वाणिज्य संघ मिर्चैया सचिव भरत महासेठले भने–‘चौकभरिका व्यवसायीहरुले चिउरा, भुजा, दालमोट, चाउचाउ, विस्कुट र पानि लगायतका सामाग्री उपलब्ध गराईरहेका छन, सोही सामाग्रीहरु राजमार्ग भएर हिँड्दै गईरहेका यात्रुहरुलाई दिदै आएको छु ।
व्यवसायीहरुले अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्याएर सहयोग गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह समेत गरेका छन ।