भक्तपुरमा अलपत्र परेका रोल्पाका तीन सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका तीन सय जनालाई बस चढाएर घरतर्फ पठाइएको हो ।विभिन्न जिल्लाबाट पैदल हिँडेर भक्तपुर आइपुगेका र भक्तपुरमै अलपत्र परेकाहरूलाई आठवटा बसमा राखेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।आइतबार साँझ पानी परिरहेको समयमा अलपत्र परेका मजदुरलाई बिदा गर्न मन्त्री पुन पनि जगाती पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!