आइतबार, बैशाख ०७, २०७७ || 836  पटक पढिएको

सप्तरीमा एक परिवार खातामा रकम हुदाँहुदैँ पनि रकम झिक्न नपाएर भोकभोकै जिउन विवश छन् । खातामा पैसा भएपनि बैंकबाट नगद झिक्न नपाउँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपा बस्ने दलित परिवार विगत ३ दिन देखि भोकभोकै भएका हुन् । लकडाउनका कारण बैंक बन्द रहेको र गाउँपालिकाबाट राहत स्वरुप पाएको खाद्यान्न समेत सकिएपछि ६० वर्षीय सुवीलाल खंगको परिवार विगत ३ दिनदेखि भोकभोकै बस्न बाध्य छन् । सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा १२ हजार रुपैयाँ छ । तर ३ दिनदेखि गाउँबाट ८ किलोमिटर टाढा रहेको बैंकमा धाउँदा पनि उनले भुक्तानी पाएका छैनन् । पैसा नभएपछि उनले बिरामी पत्नीको उपचार समेत गर्न पाएका छैनन् ।

राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट बाहिर निस्कदैँ गर्दा खंगले गुनासो गर्दै भने– ‘श्रीमतीको उपचारको लागि न त रुपैयाँ नै छ न त औषधी किन्न नै सक्ने अवस्था छ ।’ उनले भने– ‘बैंकमा जाँदा भित्र छिर्न दिँदैन, गेटमा रहेका कर्मचारीले ‘चेक साटिदिदैन, बरु एटिएमबाट झिक्नु भन्दै धक्का दिएर निकालिदिए ।’ उनले निराश हुँदै भने– ‘न त आफूसँग एटिएम छ, न त एटिएम प्रयोग गर्ने तरिका नै थाहा छ, अब कसरी बाँच्ने ?’ उनले अर्काको खेतमा ज्याला मजदुरी गरी जोहो गरेर बैंक खातामा जम्मा गरेर राखेको १२ हजार रुपैयाँ पनि समस्या परेको बेला निकाल्न नसक्दा निकै संकट र समस्याबाट गुज्रिनुपरेको छ ।

यस्ता समस्याबाट खंग परिवार मात्र होइन, राष्ट्रिय वाणिज्य बैंकमा खाता रहेका अन्य परिवार समेत पीडित छन् । केहि निजी बैंकहरुले सेवाग्राहीको समस्यालाई ध्यानमा राखी लकडाउनका बीच पनि केहि घण्टासम्म बैंक सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । तर सरकारी स्वामित्वमै रहेको राष्ट्रिय वाणिज्य बैंक राजविराजले भने सेवाग्राहीलाई सेवा दिन आनाकानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!