आइतबार, बैशाख ०७, २०७७ || 928  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने दोहोर्‍याएका छन्।‘मैले पटक–पटक भनेको छु, मेरो र यो सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टार गर्दिनँ र हुन दिन्न भनेर,’ राससलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भनेका छन्।साथै प्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको बताएका छन्।‘मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु,’ उनले भनेका छन्, ‘मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो।‘ प्रधानमन्त्री ओलीले आफूलाई पैसा कमाउनु छैन भनेका छन्। ‘मलाई पैसा कमाउनु छैन। म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ। म बोली र व्यवहारमा प्रतिबद्ध छु,’ प्रधानमन्त्रीको भनाइ छ।पहिले भएका भ्रष्टाचारका मुद्दालाई सरकारले छानविन गरिरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।‘पहिले–पहिलो भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारबाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गर्ने गरिएको छ,’ प्रधानमन्त्रीले उदाहरण प्रस्तुत गर्दै भनेका छन्, ‘जस्तो बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो। हामीले चाँजबुझ अघि बढायौँ। वाइडबडी प्रकरणको कुरा पहिल्यै शुरु भएको हो। ३८ केजी सुन प्रकरणमा हाल करिब ७३ जना कारागारमा छन्।’यी प्रकरणमा धेरैलाई मुद्दा लागेको बताउँदै प्रधानमन्त्री ओलीले २२–२४ जनालाई जिउँदै पोल्ने पनि पहिले सांसद भएर बसेका थिए भनेका छन्। ‘तिनीहरु छानबिन आएपछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आरोप लगाइएको छ। तर सबै अनियमितता एकै पटक नरोकिन सक्छन्। सुशासन लामो यात्रा हो,’ प्रधानमन्त्रीले भनेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!