आइतबार, बैशाख ०७, २०७७ || 765  पटक पढिएको

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायत सहभागि हुनुहुन्थ्यो । मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिम विरुद्ध लड्न आवश्यक रहेको प्रमुख पराजुलीले सो अवसरमा बताउनुभयो । यहाँस्थित वडा नं. १५ मा रहेको रानीमरकज जामे मस्जिदमा अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएका नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिनुभयो । अनुगमनमा सहभागि काङग्रेसका केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गर्नुभयो । वडाध्यक्ष आलमले अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताउनुभयो । महानगरपालिका भित्र १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको बताइएको छ । –––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!