आइतबार, बैशाख ०७, २०७७ || 795  पटक पढिएको

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा सुरक्षाकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाँडखोला, काठमाडौँसँगको सिमाना भोटेचौर र छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । ती नाका हुँदै धेरै आवतजावत हुने भएपछि स्वास्थ्य जाँचपछि मात्रै प्रवेश गराउने मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखाका सहइन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो । यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल क्षेत्रमा बालुवा गिटीलगायत सामाग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टइनबाट भागेका मेलम्ची १३ का १ जनालाई ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङको टोलीले घरबाटै नियन्त्रणमा लिएको छ । उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । अब क्वारेन्टाइनमा सिसी क्यामेरका साथै सुरक्षाका सामाग्री जडान गरिने पनि नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!