आइतबार, बैशाख ०७, २०७७ || 705  पटक पढिएको

प्रदेश नं. २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना भाइरसको ¥यापिड डायगोनेष्टिक टेस्ट(आरडिटी) परीक्षण गरिएको छ ।
प्रदेशमा शनिबारसम्म एक हजार ८३६ को परीक्षण गरिएकामा सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो ।
अन्य जिल्लातर्फ सप्तरमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ । सर्लाहीको धनकौंल–५स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ भएको र उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको सचिव डा.घिमिरेले जानकारी दिनुभयो ।
प्रदेशअन्तर्गत आठवटै जिल्लामा हालसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा रहेका छन् ,

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!