शनिबार, बैशाख ०६, २०७७ || 713  पटक पढिएको

मुख्यमन्त्री शङ्कर पोखरेलले भैरहवा, दाङ र नेपालगञ्जका प्रयोगशालामा कोरोना भाइरस परीक्षणको गति तीव्र बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहितको प्रगति समीक्षा बैठकमा उहाँले भैरहवाको प्रयोगशालामा परीक्षणको गति बढाउन तथा दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभयोे । “अब अझै कामको गति बढाऔंँ, तत्काल कामको नतिजा चाहिएको छ, धेरै मेहनत गरेर अहिलेसम्मको कामको नतिजा निकालौंँ, परीक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मेहनत काम लाग्छ”, उहाँले शुक्रबार भन्नुभयो । प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा तथा बाँकेको खजुरा र दाङको बेलझुण्डीमा सघन उपचार कक्षसहितको कोरोना आइसोलेशन अस्पताल निर्माण गरेको छ । कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र बिरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने कामबारे जानकारी गराउनुभएको थियो । भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!