कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पताल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

थप परीक्षणका लागि शुक्रबार नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पठाइएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ देखिएपछि नमुना काठमाडौं पठाइएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको प्रवक्रा दिव्यराज कट्टेलले जानकारी दिए ।

त्यसको रिपोर्ट आजै आउन सक्ने उनले बताए । उनले भने, ‘कोसी अस्पतालमा पीसीआर टेस्ट गर्दा रिपोर्ट पोजिटेभ आएकै हो । त्यसलाई थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । त्यहाँ परीक्षण भएपछि थप पुष्टी हुन्छ नै । यो समाचार आजको रातोपाटीमा छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!