शुक्रबार, बैशाख ०५, २०७७ || 713  पटक पढिएको

झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका विपन्न समुदायलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लामा पहिलो चरणमा ३९ हजार ३६१ घरघुरीका एक लाख ६० हजार ४१३ व्यक्तिलाई सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन वितरण गरिएको थियो । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले दोस्रो चरणको राहत वितरणका लागि एक लाख २० केजी चामल, १० हजार केजी दाल, चार हजार लिटर तेल र चार हजार केजी नुनको बोलपत्र आह्वान गरिसकेको बताउनुभयो । उहाँका अनुसार अब चार हजार परिवारलाई राहत वितरण गरिनेछ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बन्दाबन्दी लम्बिएकाले नगर कोषबाट पुनः राहत वितरणको तयारी गरिएको बताउनुभयो । दाताहरुबाट समेत सहयोग आइरहेको उहाँले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि ६० हजार केजी चामल, सात हजार केजी दाल, पाँच हजार लिटर तेल, सात हजार केजी नुन र सात हजार साबुनको बोलपत्र आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । मेची नगरपालिकामा बिहीबार भएको सर्वदलीय बैठकले दोस्रो चरणको राहत वितरणका लागि नगरलाई आग्रह गरेको छ । नगरमा मेची अभियानलगायतका सामाजिक संस्थाहरुले सङ्कलन गरेका सहयोग नगरपालिकामा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!