सेवा नै धर्म को नारा सहित शिब मन्दिर पछाडिका युवा समुह बिगत १३ दिन बिराटनगर वडा नं ६ मा दैनिक ६००जाना गरिब निमुखा लाइ र नोबेल अस्पताल बिराट टिचिङ अस्पतालमा खाना प्याकेट बितरणको ब्यबस्था गरिएको छ। यस कार्यमा कुनै पनि संघ,संस्था, राजनितिक दल र धार्मिक सस्थाको संलग्नता छैन र खानाको ब्यबस्था देशमा लकडाउन नसकुन्जेल सम्म निरन्तरता दिइने छ खानाको व्यवस्था शिब शक्ति जिम कल्ब अगाडि गरिएको छ यो जानकारी हामिले त्यसै टिमका सव्यम सेवक नबिन बिक्रम शाह बाट लिएका हौ।