नयाँ वर्ष २०७७ सालको अवसरमा सोमबार बिहान नेपालको राष्ट्रिय गान गाउँदै कोरोनाभाइरस महामारीबिरुद्ध फ्रन्टलाइनमा रहेकाहरुप्रति सम्मान प्रकट गर्न एक संस्थाले आह्वान गरेको थियो । उक्त संस्थाको आह्वानलाई समर्थन जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैलाई घरमै बसेर राष्ट्रिय गान गाउन आग्रह गरेपछि सामाजिक सञ्जाल यसको समर्थन र बिरोधमा रंगिएका छन् । सामाजिक सञ्जालमा यस विषयमा अभिव्यक्त केही विचारहरु यहाँ प्रस्तुत गरिएका छन् :
सामुहिक राष्ट्रिय गान।
– (मोहम्मद सोयव आलमको फेसबुकबाट) pic.twitter.com/SpscwbGUse
— Kabindra Koirala (@BachelorLegend) April 13, 2020
नयाॅ वर्ष 2077 को शूरुवात राष्ट्रिय गान (National Anthem) बाट गरियो । साथै नयाँ वर्ष २०७७ ले राष्ट्रमा सामाजिक सद्भावसहित नयाँ जोश,र उत्साह पैदा गरी रोगसॅग लड्ने शक्तिको विकाश होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” https://t.co/7BoNcZwLy9 pic.twitter.com/2jpzdFgmXO
— sanjog@24 (@bphilight) April 13, 2020