शुक्रबार, चैत्र २८, २०७६ || 729  पटक पढिएको

अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड २० लाख पूर्णकालीन श्रमिक बराबर र एसिया तथा प्यासेफिक क्षेत्रमा ७.२ प्रतिशत अर्थात एक अर्ब २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बराबरको रोजगारी गुम्ने अवस्था रहेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।

रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भए पनि सङ्ख्याका हिसाबले भने एसिया तथा प्यासेफिक क्षेत्र अगाडि देखिएका छन् । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रूपमा यस अगाडिको तुलनामा ६.७ प्रतिशत कार्यसमय बराबरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको एक अर्ब ९५ करोड व्यक्तिको पूर्णकालीन काम बराबर हुने आईएलओको निष्कर्ष छ । प्रतिवेदनअनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योगलगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ ।

हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आंशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्तिमध्ये ३.३ प्रतिशत हो ।

यसअघि आईएलओले कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्वभर २५ करोड श्रमिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!