मंगलबार, चैत्र २५, २०७६ || 1062  पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको छ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ। सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ।’

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ। बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो।कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!