बिहिबार, मंसिर २६, २०७६ || 1548  पटक पढिएको

हिपमता डटकम
पथरी,मंसिर २६ गते ।

नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्ष वनाउन पथरीशनिश्चरे नगरका संघसस्थाका पदाधिकारीले ऐक्यवद्धता व्याक्त गरेका छन् । पथरीमा वुधवार पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले शंकरको उम्मेद्धारीले पथरीशनिश्चरे मात्र नभइ प्रदेश नम्वर १कै प्रतिष्ठा जोडीएकाले पनि अशोक शंकरलाई राष्ट्रिय अध्यक्षमा जिताउनु पर्ने वक्ताहरुको भनाइ थियो । अशोक शंकर जिताउ सहयोग समितीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काग्रेसका नेता केशव दुलालले दरिलो नेतृत्व स्थापित गर्न पनि जेसिज जस्तो संस्थामा शंकरको आवश्यकता औल्याए । सवै राजनितिक दल तथा संस्थाहरुले शंकरलाई जेसिजको राष्ट्रिृय अध्यक्ष वनाउन लाग्नु पर्ने उनको तर्क थियो ।
संविधान सभा सदस्य चन्डी प्रसाद राईले जेसिज जस्तो संस्थाको राष्ट्रिय अध्यक्ष मा शंकरको उम्मेद्धारीले पथरी आसपासका क्षेत्रमा उत्साह भरिएको र उनलाई सहयोग गर्न सवैमा आग्रह गरे ।
स्थानिय पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्पक अर्जुन वुडाथोकीको अध्यक्ष्यतामा एक सय एक सदस्यीय मुल समिती र २१ सदस्यीय सचिवालय समिती गठन गरेर शंकर जिताउ अभियान थालिएको छ । समितीमा पथरीशनिश्चरे नगर भित्रका संघ संस्था र राजनैतिक दलका प्रतिनिधीले नेतृत्व गरेका छन् ।
पत्रकार सम्मेलनमा वोल्दै पथरीशनिश्चरे नगरका मेयर दिलिप कुमार राईले शंकर लाई राष्ट्रिय अध्यक्ष वनाउन पथरीशनिश्चरे नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । राई सहित मोरङ्गका उर्लावारी,कानेपोखरी,वेलवारी,सुन्दरहरौचा,लेटाङ्ग,मिक्लाजुङ्ग र सुनवर्सी रतुवामाई का नगरप्रमुख सम्मीलित सल्लाहकार समिती निर्माण गरिएको र ति पालिकाले पनि सहयोग गर्ने वताए ।
सोहि पत्रकार सम्मेलनमा शिक्षक नेता दिननाथ तिम्सीनाले शंकरको उम्मेद्धारीले पथरीशनिश्चरे नगरमा सवै संघसस्था र राजनैैतिक दल लाई एककृती वन्न सहयोग पुगेको वताए । पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य , शंकर जिताउ सहयोग समितीका अध्यक्ष्य अर्जुन वुडाथोकी, युवा नेता नविन पौडेल,पत्रकार अर्जुन जम्नेली राई लगायतले वोलेका थिए । सोहि कार्यक्रममा अध्यक्ष्यका प्रत्यासी शंकरले युवाहरुको लागी केहि नयाँ काम गर्नका लागी आफुले उम्मेद्धारीको दावी गरेको वताए । धेरै ठाउ वाट सहयोग गर्ने प्रतिवद्धता आएको र आफ्नो पक्षमा माहौल वन्दै गएकाले पनि जित्न सकिने वताए ।
पौष ९ देखि १२ सम्म चितवनको रत्ननगरमा जेसिसको राष्ट्रिय सम्मेलन हुदैछ भने शंकर सहित अन्य दुई जनाले समेत उम्मेद्धारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!