हिपमत डटकम

बिहिबार, फाल्गुण ०७, २०८२ || 896  पटक पढिएको
file photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन्“आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन, प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!