रामकुमार परियार

बुधबार, माघ २२, २०८२ || 1677  पटक पढिएको

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ मा अवस्थित पेगोडा मोडल सेकेन्डरी ईङ्लिस स्कुलले तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।

बुधबार (माघ २१ गते) विद्यालय प्राङ्गणमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कक्षा १ देखि १० सम्मका ४ जीपीए हासिल गर्ने २३ जना विद्यार्थीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी नर्सरी , एलकेजी , युकेजी र अन्य कक्षाहरुमा ३.९५ जीपीए भन्दा बढी र ४ जिपिए भन्दा कम ल्याउने विद्यार्थीहरूलाई समेत शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद कोइरालाले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापमा पनि छुट्टै पहिचान बनाउँदै आएको बताउनुभयो। “हाम्रो विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ,” उहाँले भन्नुभयो।

विद्यार्थी, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक इन्द्र गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक कमल प्रसाद रिजालले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अभिभावकहरुको तर्फबाट सावित्रा थापाले बोल्नु भएको थियो ।

तीन वर्षदेखि लगातार एसईईमा शतप्रतिशत उत्तीर्ण सहित उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस विद्यालयले पथरी शनिश्चरेको वडा नं. २, ३, ५ र ७ का ५०० भन्दा बढी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यो विद्यालय निरन्तर सफलता र विद्यार्थी प्रोत्साहनमा जोड दिने परम्पराले यस क्षेत्रमा गुणस्तरीय शिक्षाको नमुना बन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!