
काठमाडौंको सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, प्रधान सेनापति अशोकराज सिग्देल, मुख्य सचिव सुमनराज अर्याल लगायतका उच्च पदाधिकारी सहभागी छन्।

बैठकमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी रणनीति र सम्भावित चुनौतीबारे छलफल हुने बताइएको छ। यसमा उच्च हिमाली क्षेत्रको चिसो मौसम र तराईमा निर्वाचनअघि पर्ने होली पर्वका कारण सुरक्षा व्यवस्थामा ध्यान दिने योजना बनाइनेछ।