भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले स्थानीय एक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्न आर्थिक सहयोग गरेका छन्।

भोजपुर नगरपालिका–८ पोखरे निवासी प्रधानले आफ्नी धर्मपत्नी रुपछिमी प्रधानको स्मृतिमा दुई लाख रुपैयाँ खर्च गरेर सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीका धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको पानी ट्याङ्कीसमेत जडान गराएका हुन्।

निर्माण सम्पन्न भएपछि प्रधानले उक्त संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की र निर्माणकर्ता उजिरबहादुर प्रधानले संयुक्त रूपमा धाराको उद्घाटन गरे।

स्वच्छ खानेपानी विद्यार्थीहरूको मौलिक अधिकार भएकाले आफूले विद्यालयमा धारा निर्माण गरिदिएको प्रधानले बताए।

यसै अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा. विनोद पराजुलीले प्रदान गरेको २० हजार रुपैयाँ सहयोगबाट विद्यालयका विद्यार्थीहरूलाई नेपाली टोपी वितरण गरिएको प्रधानाध्यापक राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!