रामकुमार परियार

आइतबार, पौष २७, २०८२ || 4707  पटक पढिएको

पथरी शनिश्चरे । नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार पथरी शनिश्चरे नगरपालिका वडा नं ६ को सभाहलमा सम्पन्न साधारणसभामा सामाजिक तथा मानवीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका १३ जनालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान समेत गरिएको छ ।

साधारणसभामा सह कोषाध्यक्ष प्रकाश सुवेदीले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भुपेन्द्र तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा माल्यार्पण तथा मैनबत्ती बालेर गरेका थिए ।

कार्यक्रमको अध्यक्षता उपशाखा हसन्दहका सभापति भोलानाथ घिमिरेले गरेका थिए भने सञ्चालन सचिव लक्ष्मीप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा उपसभापति सरस्वती कटुवालले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी मोरङका उपसभापति रामानन्द यादवले हसन्दह उपशाखाले सीमित स्रोतसाधनका बाबजुद पनि उल्लेखनीय कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । उनले विपद् तथा आपतकालीन अवस्थामा रेडक्रस सधैं नागरिकको सेवामा अग्रपंक्तिमा उभिँदै आएको उल्लेख गरे ।

विशिष्ट अतिथि पथरी शनिश्चरे वडा नं ५ का अध्यक्ष चेतेन्द्र खड्काले रेडक्रसले मानवीय सेवामा खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले वडाबाट ठूलो सहयोग गर्न नसके पनि विपद्को समयमा रेडक्रस हसन्दह उपशाखाले खेलेको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नं ६ का वडा सदस्यहरू विष्णुकुमार लिम्बु र शान्ता थापा, साना किसान सहकारीका प्रतिनिधि गणेश थापा, रेडक्रस हसन्दह उपशाखाका पूर्व सभापति दिव्यमणि वर्मा, जुनियर रेडक्रस सर्कलका नायकहरू शम्भु सुनुवार र शंकर राजवंशी, ज्येष्ठ नागरिक समितिका अध्यक्ष वीरबहादुर राउत, वडा नं ६ का पूर्व कर्मचारी (सचिव) मिना कुमारी वर्मा लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभामा वडा सदस्य विष्णुकुमार लिम्बु, जुनियर रेडक्रस सर्कलका नायक शंकर राजवंशी तथा सम्मानित व्यक्तित्वहरूको तर्फबाट अम्बिका प्रसाद दहालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै सभापति भोलानाथ घिमिरेले मानवीय कार्यमा क्रियाशिल रेडक्रस हसन्दह उपशाखालाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै निरन्तरता रूपमा मानव सेवामा खटिईरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!