काठमाडौँ । एनआईसी एसिया बैंकको इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकका अनुसार केही व्यक्तिहरू कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्नुका साथै उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए। बैंकजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाभित्र भएको यस्तो घटनाले कर्मचारीको मनोबल गिराउने र समग्र बैंकिङ क्षेत्रमै असुरक्षाको भावना सिर्जना गर्ने बैंकको ठहर छ।

बैंकद्वारा जारी विज्ञप्तिमा कार्यालयभित्र हुलहुज्जत गर्ने, होहल्ला मच्चाउने र आगजनी गर्ने उद्देश्यले पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थ छर्कने जस्ता गम्भीर तथा गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याइरहेको बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने र कार्य वातावरणलाई गम्भीर रूपमा बिथोल्ने बैंकले जनाएको छ।

घटनापछि कर्मचारीहरूले असुरक्षा महसुस गरिरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए।

कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता व्यवहार कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै बैंकले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ। साथै, संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम छानबिन तथा कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

बैंक तथा त्यहाँ कार्यरत कर्मचारीहरूको शान्ति सुरक्षा सुनिश्चित गर्नसमेत सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!