हिपमत डटकम

बिहिबार, पौष २४, २०८२ || 1435  पटक पढिएको

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको ‘एकीकृत सुरक्षा योजना–२०८२’ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ । सोही योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि सेनाको फौज फिल्डमा परिचालन गरिने उनले जानकारी दिए । ‘एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार सेना परिचालन हुन्छ,’ उनले भने ।

सुरक्षा योजना तथा सेनाको परिचालनसम्बन्धी विषय राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । निर्वाचनका क्रममा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा तथा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा बहन गर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको सहकार्यमा तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गरिने सेनाले जनाएको छ ।

मतदानका दिन निर्वाचनस्थल र मतदान केन्द्रमा सेनाले तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको प्रत्याभूति दिलाउनेछ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा वेश स्थापना गरिने तयारी छ ।

मतदान सम्पन्न भएपछि मतपेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले लिनेछ । निर्वाचनलाई लक्षित गरी हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन् । ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउने बताइएको छ ।

सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँगको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा प्रदान गर्न नेपाली सेना पूर्ण रूपमा तयार रहेको सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!