रामकुमार परियार

शनिबार, पौष १९, २०८२ || 13617  पटक पढिएको

मोरङ । पथरीशनिश्चरे – ४ स्थित उपलब्धि सम्वृद्दि बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा आज (शनिबार) भव्यतापूर्वक सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष सोमनाथ आचार्य (सन्तोष)को सभापतित्वमा सम्पन्न साधारणसभामा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि मगरले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको कार्यक्रममा वडा सदस्य उपेन्द्र कार्की, सहकारीका लेखा समिति संयोजक मुकेश कुमार कार्की (कुमार) , लेखासमिति सदस्यहरू डम्बर मगर, गणेश प्रधान, सल्लाहकारहरू निर्मल कटुवाल, दुर्गा कुमार दंगाल, पूर्व कोषाध्यक्ष रामप्रसाद निरौला, पूर्व उपाध्यक्ष डिल्ली चम्लागाईं, पूर्व सल्लाहकार दिपेन्द्र रायमाझी, अस्थायी प्रहरी चौकी कुशलचोकका प्रमुख राजेन्द्र मेहता तथा ब्राइट सनराइज बोर्डिङ स्कूलका प्रिन्सिपल थिर प्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रविन मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सुजन चापागाईंले कार्यक्रम संचालन गर्नुभएको थियो। सन् २०७० मा स्थापना भएको उक्त सहकारी संस्थाले आफ्नो १२औं साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको हो ।

यस सहकारीले पथरी शनिश्चरे नगरपालिकाको दक्षिण सिमावर्ति भेगका कृषक एवम् सर्वसाधारणहरुलाई वित्तिय सेवाका साथै अन्य विविध क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!