हिपमत डटकम

शुक्रबार, पौष १८, २०८२ || 1522  पटक पढिएको

चितवन–भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ। मुख्य राजमार्ग बाहेक अन्य क्षेत्रमा जडानको काम सकिएको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्मका क्षेत्रमा अझै भूमिगत लाइन जडानको काम बाँकी छ। उनले पाइप बिछ्याउने, उपकरण जडान र फाउन्डेसन निर्माणको काम सकिएको र बाँकी कामसँगै घरमा जडानको काम पनि भइरहेको जानकारी दिए।

पहिला केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्म ३३ केभी लाइन मात्र भूमिगत गरिने योजना थियो। तर अहिले ११ केभी र ४०० भोल्टका लाइनसमेत भूमिगत गरिने भएको छ। पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरभित्र चनौली लाइन जडानको काम पनि भूमिगत प्रणालीमार्फत भइरहेको छ।

महानगरभित्र विद्युत् तार भूमिगत गर्न कुल एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। सुरुमा एक अर्ब ३० करोड विनियोजन गरिएकोमा कामको दायरा बढेपछि १० करोड रुपैयाँ थप गरिएको हो।

निर्माण ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो। सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौतासहित काम सुरु गरिएको थियो। पहिलो चरणको म्याद सन् २०२४ जनवरी २० मा सकिनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दै परियोजना अघि बढाइएको हो। आयोजना एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!