हिपमत डटकम

मंगलबार, पौष १५, २०८२ || 1157  पटक पढिएको

हेटौँडा । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका ६ जिल्लाबाट उम्मेदवार समेट्दै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोटबाट मात्र उम्मेदवार समेटिएको हो।

सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएपछि बुझाइएको बन्दसूचीमा चितवन जिल्लाको दबदबा स्पष्ट देखिन्छ। सभापति लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको चितवनबाट सबैभन्दा धेरै उम्मेदवार समेटिएका छन् भने त्यसपछि काठमाडौंका उम्मेदवारको संख्या बढी छ।

रास्वपाले बागमती प्रदेशका काभ्रे, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, रसुवा र सिन्धुली जिल्लाबाट भने समानुपातिकतर्फ कुनै पनि उम्मेदवार समेटेको छैन।

समानुपातिक सूचीमा चितवनबाट मात्रै १९ जना उम्मेदवार समावेश छन्। तीमध्ये आदिवासी जनजाति र खस–आर्य समूहको बाहुल्यता देखिन्छ। चितवनपछि काठमाडौं जिल्लाबाट ५ जना, ललितपुरबाट ४ जना र भक्तपुरबाट ३ जना उम्मेदवार सूचीमा परेका छन्। सिन्धुपाल्चोकबाट २ जना र नुवाकोटबाट १ जना उम्मेदवार समेटिएका छन्।

जिल्लागत रूपमा सूची सीमित देखिए पनि समावेशीताका आधारमा विभिन्न क्लस्टरको प्रतिनिधित्व गराइएको रास्वपाले जनाएको छ। सूचीमा खस–आर्य र आदिवासी जनजाति समूहको संख्या बढी छ। काठमाडौंकी जुली यादव मधेसी कोटाबाट र भक्तपुरका साजन वि.क. दलित कोटाबाट समानुपातिक उम्मेदवारका रूपमा समेटिएका छन्।

चितवनबाट डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा, सुदेश गुरुङ, सचिन ढकाल, सुदिप ढकाल, अनुप कुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल समानुपातिक सूचीमा परेका छन्।

काठमाडौंबाट कुसुम महर्जन, टेक बहादुर पोखरेल (प्रभु राम), लिमा अधिकारी (आचार्य), समीक्षा बास्कोटा र जुली यादव उम्मेदवार छन्। ललितपुरबाट खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, अरनिको कुमार पाण्डे र डा. निना रेग्मी पोखरेल सूचीमा समावेश छन्।

त्यस्तै भक्तपुरबाट प्रमिला कुलुजु, माया डोल्मा लामा र साजन वि.क., सिन्धुपाल्चोकबाट सुनिता नेम्हाफुकी र प्रमोद न्यौपाने तथा नुवाकोटबाट प्रभा कार्की समानुपातिक उम्मेदवारका रूपमा बन्दसूचीमा समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!