हिपमत डटकम

मंगलबार, पौष १५, २०८२ || 102  पटक पढिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति भएको करिब १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे सार्वजनिक धारणा राखेका छन्। आइतबार राति ८ बजे दुई पार्टीबीच सहमति भएको थियो भने घिसिङले केही बेरअघि मात्रै प्रतिक्रिया दिएका हुन्।

घिसिङले दुई पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको उल्लेख गर्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई प्राथमिकतामा राख्दै उज्यालो भविष्यको दिशामा एक ठाउँमा उभिएको दाबी गरे।

उनले यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास आफूले लिएको बताए।

यसअघि शुक्रबार सहमति भएको तस्बिर सार्वजनिक हुँदा घिसिङको अनुहार मलिन देखिएको भन्दै उनी सहमतिबाट खुसी नभएको हो कि भन्ने आशङ्का समेत व्यक्त हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!