हिपमत डटकम

शुक्रबार, पौष ११, २०८२ || 1400  पटक पढिएको

विराटनगर । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८२ का अवसरमा विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान, सुरक्षा र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरूलाई समाजका जीवित इतिहास, अनुभवका भण्डार र मूल्य–मान्यताका मार्गदर्शकको रूपमा चित्रण गर्दै उनीहरूको योगदानकै कारण राष्ट्र सभ्य, सचेत र उत्तरदायी बन्दै गएको बताएका छन् ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मेयर कोइरालाले कठिन संघर्ष, त्याग र समर्पणबाट सिंचित ज्येष्ठ नागरिकको जीवनयात्राले नयाँ पुस्तालाई कर्म, इमानदारी र धैर्यताको पाठ सिकाएको उल्लेख गरेका छन् । उनका अनुसार ज्येष्ठ नागरिकसँग रहेको अनुभव, ज्ञान र सीप विगतको स्मृति मात्र नभई वर्तमानको मार्गनिर्देशक र भविष्यको बलियो आधार हो ।

महानगरपालिकाले ज्येष्ठ नागरिकलाई बोझका रूपमा होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएको छ । ज्येष्ठ नागरिकको सुझबुझ, व्यवहारिक ज्ञान र जीवन दर्शनलाई सामाजिक विकाससँग जोड्न सके समाज अझ सुदृढ, समावेशी र न्यायपूर्ण बन्ने मेयर कोइरालाको धारणा छ ।

विराटनगर महानगरपालिका ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम र संरचनामार्फत उनीहरूको आत्मसम्मान, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकको अनुभव र सीपलाई समुदाय र स्थानीय विकाससँग जोड्दै उनीहरूलाई सामाजिक रुपान्तरणका साझेदारका रूपमा अघि बढाइने महानगरपालिकाले जनाएको छ ।

दिवसका अवसरमा मेयर कोइरालाले विराटनगर महानगरवासी सम्पूर्ण ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै उनीहरूको आशीर्वाद, अनुभव र मार्गदर्शनले विराटनगरसहित देशलाई उज्यालो भविष्यतर्फ डोर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!