हिपमत डटकम

शुक्रबार, पौष ११, २०८२ || 1098  पटक पढिएको

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध अमेरिकी सेनाले ‘घातक आक्रमण’ गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आईएसलाई ‘आतंकी कचरा’को संज्ञा दिँदै समूहका लक्ष्यमा ‘धेरै सटीक हमला’ गरिएको बताएका हुन्।

ट्रम्पका अनुसार उक्त संगठनले मुख्यतः निर्दोष ईसाइहरूलाई निशाना बनाएर निर्मम हत्या गर्दै आएको छ। तर आक्रमण कहिले र नाइजेरियाको कुन क्षेत्रमा गरिएको हो भन्नेबारे उनले कुनै विवरण खुलाएका छैनन्। अमेरिकी प्रशासनले पनि यसबारे अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन।

यसअघि गत नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामी उग्रवादी समूहहरूविरुद्ध कारबाहीका लागि अमेरिकी सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। पछिल्लो सन्देशमा उनले ‘मेरो नेतृत्वमा अमेरिका कट्टर इस्लामी आतंकवादलाई फस्टाउन दिने छैन’ भनेका छन्।

नोभेम्बरमा दिएको चेतावनीका क्रममा पनि ट्रम्पले कुन घटनालाई आधार मानेर यस्तो भनाइ दिएका हुन् भन्ने स्पष्ट पारेका थिएनन्। पछिल्ला महिनाहरूमा अमेरिकाका केही दक्षिणपन्थी समूहहरूले नाइजेरियामा ईसाइ समुदायमाथि जनसंहार भइरहेको दाबी गर्दै आएका छन्।

तर हिंसा अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले भने त्यस्तो दाबी पुष्टि हुने ठोस प्रमाण नरहेको बताएका छन्। उनीहरूका अनुसार नाइजेरियामा जारी हिंसाबाट मुसलमान र ईसाइ दुवै समुदाय समान रूपमा प्रभावित छन्। नाइजेरियाको जनसंख्या पनि करिब समान अनुपातमा मुस्लिम र ईसाइ समुदायमा विभाजित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!