
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले शुक्रबार प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्। निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको सन्दर्भमा खरेलले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतृत्वसँग छुट्टाछुट्टै छलफल गर्न लागेका हुन्।

सञ्चारमन्त्रीको निजी सचिवालयका अनुसार खरेलले बिहान ९:३० बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित ओली निवास गुन्डु पुग्नेछन्। दिउँसो १२ बजे उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने तय भएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सञ्चारमन्त्री खरेल शीर्ष नेतासँग उनीहरूको निजी निवासमै पुगेर छलफल गर्नेछन्। सरकारले निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न राजनीतिक संवादलाई तीव्र बनाएको जनाएको छ।
यसअघि राष्ट्रपतिको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष तीन दलका नेताबीच निर्वाचनको विषयमा छलफल भएको थियो।