हिपमत डटकम

बुधबार, पौष ०९, २०८२ || 1193  पटक पढिएको

मोरङ । जाडोयाम सुरु भएसँगै मोरङको हुलाकी सडक क्षेत्र आसपास भक्काको व्यापार उल्लेख्य रूपमा बढेको छ। चोक–चोकमा बिहानैदेखि महिलाहरू भक्का बिक्रीमा व्यस्त देखिन्छन्।

तराई भेगमा बसोबास गर्ने अति विपन्न परिवारका महिलाहरूका लागि भक्का व्यापार आयआर्जनको प्रमुख माध्यम बन्दै आएको छ। उनीहरूले प्रायः मंसिर महिनादेखि माघ महिनासम्म भक्का बनाउने र बिक्री गर्ने गर्छन्।

रंगेली बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्री टोल, पिपल चोक लगायतका स्थानहरूमा बिहानको समयमा भक्का बिक्री हुने गरेको छ। महिलाहरूले चामल दिनभर भिजाएर साँझपख मिल वा ओखलीको माध्यमबाट पिठो तयार गर्छन्। त्यसपछि पानी उमालेर त्यसको बाफमा पिठोलाई बटुकामा राखी भक्का पकाउने गरिन्छ।

यसरी तयार पारिएको भक्का प्रतिगोटा ५ देखि १० रुपैयाँमा बिक्री हुने गरेको छ। बिहान ५ बजेदेखि १० बजेसम्म महिलाहरूले १० देखि १५ केजी पिठोबाट बनेको भक्का बिक्री गर्ने गर्छन्।

भक्का बिहानको खाजाका रूपमा बालबालिका, युवा तथा वृद्धवृद्धासम्मले रुचाउने गरेको स्थानीयहरू बताउँछन्। रंगेलीकी ४५ वर्षीया आरतीदेवी मण्डलले दैनिक ४ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी हुने बताइन्।

स्थानीय हरियादेवी साहका अनुसार भक्का सर्वसाधारणको मनपर्ने नास्ता बन्दै गएको छ। यस्तै भक्कासँगै आलु चपको बिक्री पनि बढ्दै गएको स्थानीय रिता मण्डलले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!