
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।