
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

भारतमा उपचार पूरा गरी स्वदेश फर्किएकी चित्रकारलाई भेट्न उनीहरू आज बिहान डल्लुस्थित निवासमा पुगेका हुन्। भेटका क्रममा दाहाल र नेपालले चित्रकारको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए।
नेता खनालका अनुसार चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ भने थप सुधारका लागि उपचार जारी रहेको छ।