हिपमत डटकम

शुक्रबार, पौष ०४, २०८२ || 2003  पटक पढिएको

विराटनगर । पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा (राजलक्ष्मी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले दिएको निवेदनको प्रारम्भिक सूचीमा गोल्छाको नाम मधेशी कोटामा समावेश गरिएको छ। पार्टीले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्ने निर्णय गरेको छ।

सूचीमा नाम समावेश भएको जानकारी पाएपछि खुसी व्यक्त गर्दै गोल्छाले अनलाइनखबरसँग भने, “उहाँहरूले मेरो नाम राख्नुभएको छ, यो राम्रो कुरा हो। निर्वाचित भइयो भने देशका लागि योगदान गर्न पाइन्छ।”

राज्यलक्ष्मी गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। त्यसबेला उनलाई चन्दा दिएबापत मधेशी कोटाबाट सांसद बनाइएको भन्दै आलोचना भएको थियो।

एमालेसँग सम्बन्ध बिग्रिएपछि उनी विवेकशील साझा पार्टीमा आबद्ध भएकी थिइन्। केही दिनअघि विवेकशील साझा पार्टी र रास्वपाबीच एकता भएपछि राज्यलक्ष्मी रास्वपामा समाहित भएकी हुन्।

रास्वपाको समानुपातिक उम्मेदवारको सर्टलिष्टमा नाम परेसँगै उनको राजनीतिक पुनरागमनले चर्चा र बहस दुवै सुरु गराएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!