काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारी कामकाजको गति कछुवाको चालभन्दा पनि सुस्त रहेको बताएका छन्।

आफ्नो छोटो कार्यकालमा देशको हितमा केही सकारात्मक काम अघि बढाउने प्रयास गर्दा प्रशासनिक जटिलता र ढिलासुस्तीका कारण अपेक्षित नतिजा हासिल गर्न नसकिएको उनले उल्लेख गरेका छन्। कर्मचारीतन्त्रको यही सुस्तताले सुशासन र विकासको यात्रामा गम्भीर अवरोध सिर्जना गरेको उनको भनाइ छ।

मन्त्री पुनले प्रशासनिक प्रक्रियामा मात्र समस्या नभई प्रणालीभित्रै रहेका स्वार्थी समूहहरू पनि सुधारका प्रयासमा बाधक बनेको आरोप लगाएका छन्। उनले यस्ता ‘कृपावादी समूह’हरूले प्रक्रिया अल्झ्याएर काम अघि बढ्न नदिने गरेको उल्लेख गर्दै यस अवस्थाले देशमा प्रगति र समृद्धि सम्भव नहुने प्रश्न उठाएका छन्।

उनका अनुसार, प्रशासनिक संरचना र कार्यप्रणालीमा आमूल सुधार नगरेसम्म सुशासनको लक्ष्य हासिल गर्न कठिन रहनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!