नेपाल क्रिकेट फाउन्डेसनद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मता जनाउँदै कोशी प्रदेशका चार विभिन्न क्षेत्रमा ‘ओरेन्ज कप क्रिकेट २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता एमसिसी फाउन्डेसन, क्रिकेट विदआउट बाउन्ड्रीज तथा क्रिकेट युनाइटेडको सहयोगमा तथा कोशी प्रदेश क्रिकेट संघ (विराटनगर–पथरी), मोरङ जिल्ला क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ (तरहरा) र उदयपुर जिल्ला क्रिकेट संघसँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्रतियोगितामार्फत खेलकुदलाई सामाजिक रूपान्तरणसँग जोड्दै लैङ्गिक समानता, समावेशिता र सशक्तीकरणको सन्देश प्रभावकारी रूपमा प्रवाह गरिएको आयोजकले जनाएको छ।

‘ओरेन्ज कप’ खेलकुदलाई सामाजिक परिवर्तनसँग जोड्ने उद्देश्यले सुरु गरिएको एक सशक्तीकरणमूलक क्रिकेट पहल हो। सन् २०२४ मा पहिलो पटक लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मताका रूपमा सुरु गरिएको यस प्रतियोगिताले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियानलाई खेलकुदमार्फत समर्थन गर्दै आएको छ। उक्त अभियानले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि चेतना अभिवृद्धि, आवाज सुदृढीकरण तथा सामूहिक क्रियाशीलता प्रवर्द्धन गर्दै आएको छ। ‘ओरेन्ज कप’ ले क्रिकेटको मूल भावनासँगै समानता, समावेशिता र सशक्तीकरणलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।

जिल्लागत प्रतियोगिता नतिजा

विराटनगर (मोरङ)
२०८२ मंसिर २० गते विराटनगरमा आयोजित प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय, विराट बहिरा माध्यमिक विद्यालय र श्री आदर्श माध्यमिक विद्यालय सहभागी थिए। प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय ‘ओरेन्ज कप विराटनगर २०२५’ को विजेता बनेको थियो भने विराट बहिरा माध्यमिक विद्यालय उपविजेता बनेको थियो।

पथरी (मोरङ)
सोही दिन पथरीमा सम्पन्न प्रतियोगितामा कृतिपुर एकेडेमी, आदर्श सीता विद्यालय र हिरक माध्यमिक विद्यालय सहभागी थिए। प्रतियोगितामा कृतिपुर एकेडेमी विजेता तथा आदर्श सीता विद्यालय उपविजेता बनेको थियो। आदर्श सीता विद्यालयकी सिन्धु मगर उत्कृष्ट बलर घोषित भइन् भने कृतिपुर एकेडेमीका सौरव बस्नेत उत्कृष्ट ब्याटर घोषित भए।

उदयपुर
२०८२ मंसिर २४ गते उदयपुरमा आयोजित प्रतियोगितामा जनज्योति विद्यालय, त्रियुगा विद्यालय, बाल मन्दिर विद्यालय र राजा बस विद्यालय सहभागी थिए। प्रतियोगितामा बाल मन्दिर विद्यालयले उपाधि जितेको थियो। राजा बस विद्यालयका अस्लोक सिंह उत्कृष्ट ब्याटर घोषित भए भने बाल मन्दिर विद्यालयकी युनिशा राई उत्कृष्ट बलर घोषित भइन्।

तरहरा (सुनसरी)
त्यसै दिन सुनसरीको तरहरामा सम्पन्न प्रतियोगितामा हिमशिखर विद्यालय, सयपत्री विद्यालय, पूर्वाञ्चल विद्यालय र प्याराडाइज विद्यालय सहभागी थिए। प्रतियोगितामा पूर्वाञ्चल विद्यालय विजेता तथा हिमशिखर विद्यालय उपविजेता बने। पूर्वाञ्चल विद्यालयका सपतजंग कार्की उत्कृष्ट बलर घोषित भए भने निरजला निरौला पनि सोही विद्यालयबाट उत्कृष्ट बलरका रूपमा सम्मानित भइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!