हिपमत डटकम

बुधबार, मंसिर २५, २०८२ || 4553  पटक पढिएको

जनकपुर — मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले बुधबार बिहान जनकपुरधाममा प्रभातफेरी आयोजना गर्दै मानव अधिकार, सुशासन र न्यायको सन्देश सार्वजनिक गरेको छ।

‘मानव अधिकारः सुशासन र न्यायको आधार’ भन्ने मूल नारासहित आयोजित प्रभातफेरीमा सहभागी कानून व्यवसायीहरूले “सुशासन कायम गर”, “लोकतन्त्र बलियो बनाउ”, “नागरिक अधिकारको संरक्षण गर” जस्ता प्लेकार्डसहित जनचेतनामूलक पदयात्रा गरे।

यसै कार्यक्रमसँगै बारले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ तथा ५१औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको पनि सुरुवात गरेको छ।
कार्यक्रमपछि बारका महासचिव, वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले हरेक वर्ष मानव अधिकार दिवस विभिन्न स्थानमा मनाउने परम्परा कायम रहेकामा यस वर्ष जनकपुरधामलाई केन्द्रित गरिएको बताए।

उनका अनुसार बारले वर्षभरि भइरहेका मानव अधिकारसम्बन्धी गतिविधिमाथि विस्तृत छलफल–बहस गर्नेछ र अन्त्यमा जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!