
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दो मूल्य र मागका कारण आन्तरिक बजारमा पनि सुनचाँदी महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु २,५४,१०० पुगेको छ। चाँदी रु ११० ले बढेर प्रतितोला रु ३,६५५ मा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य रु २,५३,३०० र चाँदी रु ३,५४५ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,२२६ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलर मा ट्रेड भइरहेको छ।